२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

Ncell काण्ड : छर्रा ढाडबाट छिरेर छातिबाट निस्कँदा….



अ+ अ-

ललितपुर। बनेपा–८ की २४ वर्षीया उरुसा मानन्धरलाई शनिबार दिउँसो करिब २ बजे मेडिसिटी अस्पतालको पोस्ट अपरेसन वार्डबाट जनरल वार्डमा सारियो। लगत्तै हजुरआमाको फोन आयो। उनी कुरा गर्न थालिन् तर बक् फुटेन।

त्यसपछि उनको हातबाट एक आफन्तले हत्तपत्त मोबाइल थुतिन्। उरुसासँगै उनका बुवा सुरेन्द्रकाजी र आमा कृष्णदेवी पनि रुन लागे। उनी ललितपुरस्थित एनसेल कार्यालय अगाडि शुक्रबार भएको बम विस्फोटमा घाइते भएकी थिइन्।

‘एनेस्थेसियाले होला अहिले दुखेको छैन’, घरि रुँदै घरि हाँस्दै उनले भनिन्। देब्रे गोलीगाँठाको हाड टुक्राटुक्रा भएकाले दुईपल्ट शल्यक्रिया गरिसकेका छन्। उनको उपचारमा डा। राज राना र निभा चित्रकार रहेको अस्पतालकी मिडिया संयोजक मनिता पोखरेलले जानकारी दिइन्। ६ महिनायता मेडिसिटीमा कार्यरत थिइन्। उनका बुवाका अनुसार भारतको बंगलोरमा बीएससी नर्सिङ सकेर आएकी हुन्। डेढ वर्ष कोलकातामा काम गरेर ७ महिनाअघि मात्र घर फिरेकी हुन्।

सुरेन्द्रकाजीका अनुसार अन्य दिनभन्दा शुक्रबार अबेरसम्म ड्युटी परेकाले अस्पतालको स्टाफ बस छुट्यो। उनले घर फर्कन दाजुलाई बोलाइन्। बनेपाबाट आउजाउ गर्न कठिन भएकाले नैकापस्थित मामाघरमा बस्ने गरेकी थिइन्। दाजुसँग मोटरसाइकलमा जाँदा बमले खुट्टामा भेट्टायो। आमा कृष्णदेवीले भनिन्, ‘नानु भाग्यले बाँची।’ उनले पछिल्तिर ब्याग बोकेकी थिइन्, त्यसमा टिफिनको बट्टा पनि थियो। टिफिन टुक्राटुक्रा भएको छ। उरुसाले भनिन्, ‘धन्न टिफिनले ढाड बचायो।’ विस्फोटमा उनको जुत्ता पनि फाटेको छ।

खबर पाउनासाथ उनका बुवा अस्पताल आए पनि आमालाई केही बताइएको थिएन। त्यसैले आमा शनिबार बिहान मात्र अस्पताल आइन्। छोरी खतरामुक्त रहेको थाहा पाएर ढुक्क भएको सुनाइन्।

अर्की घाइते प्रतीक्षा खड्काकोे उपचारमा डा। अनिल आचार्य व्यस्त छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। शुक्रबार राति नै शल्यक्रिया गरी उनको ढाडबाट धातुको टुक्रा निकालेको पति रितेश खड्काले बताए। ‘प्रेसर कुकरको सिट्ठी ढाडबाट छिरेर छातिबाट निस्कन लागेको थियो’, रितेशले भने। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।




भर्खरै