२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग, खाल्डोमा परी दिनहुँ दुर्घटना



अ+ अ-

काठमाडौँ । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । राजमार्गको कोहलपुर– लमही खण्ड जीर्ण बनेको छ । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन् । यिनै खाल्डोमा परी दिनहुँजसो दुर्घटना हुने गरेको छ ।

सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौँसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौँको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । गएको बर्खादेखि राजमार्गमा परेका खाल्डा अहिलेसम्म यथावत छन् ।

खाल्डोमा परी विशेष गरी राजमार्गमा गुड्ने साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ ।यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।