८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट निर्वाचित अध्यक्ष श्रेष्ठले गरे यस्तो महान काम



अ+ अ-

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि रु दुई लाख प्रदान गर्नुभएको छ ।

स्व बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी, सासु मीना श्रेष्ठको सम्झनामा अध्यक्ष श्रेष्ठले उक्त खर्चमा मोटरबाट निर्माण गरिदिनुभएको हो । मन्दिरसम्म पुग्नका लागि मोटरबाटो अभाव भइरहेका बेला गाउँपालिका अध्यक्ष श्रेष्ठले रु दुई लाख लगानीमा मोटरबाट निर्माण गरिदिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । मोटरबाटो निर्माणका लागि दुर्गा विष्ट र यामकुमार बुढाथोकीले जग्गा दिनुभएको थियो ।
पर्यटकीयस्थलको रूपमा चिनिएको यस मन्दिरमा पूजाआजा गर्न एकतप्पा, फाकफोक, आमचोक, लुम्दे, फूएतप्पा, गजुरमुखीलगायतबाट श्रद्धालु तथा भक्तजन आउने गरेका छन् ।
क्षेष्ठ नेपाली कांग्रेसबाट निर्बाचित अध्यक्ष हुन् ।