२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी भिमप्रसाद दाहाल पक्राउ



अ+ अ-

काठमाडौं : वैदेशिक रोजगार ठगी मुद्दामा फरार काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय भरत भन्ने भिमप्रसाद दाहाललाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।

२०७३ जेठ २४ गते वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजत-पत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाई प्राप्त गरेको रकम फिर्ता नगरी ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ पुस ३० गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएकोमा भिमप्रसाद उक्त सजाय वेरुजु रही भागी फरार रहेका थिए । उनलाई हर्जाना सहितको बिगो रकम ५ लाख २५ हजार दिलाई दिने फैसला समेत भएको थियो ।

भिमप्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि आइतबार केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।