८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी भिमप्रसाद दाहाल पक्राउ



अ+ अ-

काठमाडौं : वैदेशिक रोजगार ठगी मुद्दामा फरार काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय भरत भन्ने भिमप्रसाद दाहाललाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।

२०७३ जेठ २४ गते वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजत-पत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाई प्राप्त गरेको रकम फिर्ता नगरी ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ पुस ३० गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएकोमा भिमप्रसाद उक्त सजाय वेरुजु रही भागी फरार रहेका थिए । उनलाई हर्जाना सहितको बिगो रकम ५ लाख २५ हजार दिलाई दिने फैसला समेत भएको थियो ।

भिमप्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि आइतबार केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।