२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटे समुदायमा ३१ वर्षीय युवाको बिहे १२ वर्षीय बालिकासँग



अ+ अ-

सुर्खेत। लेकबेँसी नगरपालिकास्थित भेरी नदी किनारमा बस्दै आएकी राउटे समुदायकी मयाराम शाही १२ वर्षीय भइन् । आफ्नो स्याहार आफै गर्न सक्ने अवस्था नभएकी उनको गतसाता आफूभन्दा २० वर्ष जेठा दलबहादुर शाहीसँग विवाह भयो । राउटे बस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिइन् ।

यी दुई मात्र होइन, एक साता अवधिमा राउटे बस्तीका पाँच बालिकाको विवाह भएको छ । उनीहरुले विवाह गरेका अधिकांश पुरुषको उमेरमा धेरै अन्तर छ । राउटे बस्तीमा यी सबै विवाह राति गरिएका हुन् । तर पाँचै जना बालिकाले आफ्नो विवाह भएकोबारे थाहा नभएको बताए । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्म छन् ।

दलबहादुरको मयारामसँग भएको यो दोस्रो बिहे हो । पहिलेकी पत्नीको मृत्यु भएपछि उनले मयारामसित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् । तर, मायारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको थाहा छैन । ‘उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन्,’ दलबहादुरले भने, ‘सानै छे उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वासमा छु ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।