१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोरको राजधानी बन्दै काठमाडौं, फाल्ने ठाउँ पुगेन



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन । सरकारले नुवाकोटको ककनी-२ र धादिङको धुनिबेसी-१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन ।

बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष ०५८/५९ मै बनेको थियो । जापान सहयोग नियोग (जाइका)ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, समयमा आयोजना नबन्दा ०७१ को डिपिआरअनुसार साइट निर्माणको लागत दुई अर्ब ४० करोड पुगिसकेको छ ।

के–के भयो, के बाँकी ?

बन्चरेडाँडामा साइटका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसकेको छ । प्राप्त १७९२ रोपनी जग्गामा तत्काल ल्यान्डफिलसाइट बनाउन सकिने समितिको प्रतिवेदनमा उल्लेख छ । तर, चलेटार क्षेत्रमा जग्गा अधिग्रहण, प्रवेश मार्ग अपग्रेड र डिपिआर तयार गर्न भने बाँकी छ । श्यामेखोल्सी क्षेत्रमा जग्गा प्राप्त भए पनि डिपिआर गर्न बाँकी छ भने सिठेगहिरो, चाँपेगहिरो, खाल्टेखेतमा जग्गा लिनै बाँकी छ ।

सडक विभागले सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गरिरहेको छ । बन्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माणको जिम्मा लिएको सहरी विकास मन्त्रालयले यो साता टेन्डर आह्वान गर्दै छ । ‘ड्यामको डिजाइन रिभ्यु गर्न बाँकी छ । सम्भवतः यो साताभित्र टेन्डर आह्वान हुन्छ,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भने । निर्माणको काम १८ देखि २० महिनाभित्र सक्ने लक्ष्य छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।