२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकालाई तारबाट मुक्त बनाउने



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई पोलमा झुन्डिएका विद्युत्का तारबाट मुक्त बनाउने भएको छ ।

प्राधिकरणले यसका लागि विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रको क्षेत्रमा पर्ने झन्डै ६ सय किलोमिटर ११ केभी र ४ सय भोल्टेज वितरण लाइनलाई भूमिगत गरिनेछ ।
यो काम गर्न प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कम्पनी छनोटसमेत गरिसकेको छ । तर, सम्झौता भने हुन बाँकी छ । छनोटमा परेको भारतीय कम्पनी केइआई इन्डिस्ट्रिज इन्डियालाई २८ दिने सूचना दिएर सम्झौता गर्न आउन पत्राचार गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।