८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको शङ्करप्लाजामा भिषण आगलागी, करोडौको क्षति



अ+ अ-

बुटवल । उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र शङ्करप्लाजामा भिषण आगलागी भएको छ । आगलागीबाट करोडौको क्षति पुगेको छ ।

राति करीव १० बजे विद्युत् लाइन सर्ट भई अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगोका कारण बिन्दवासिनी फेन्सी पसल जलेर पूर्णरुपले क्षति भएकाले रु एक करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ ।

एक्कासी बिन्दवासिनी फेन्सीबाट लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेकाले मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।