२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिराले लट्ठ भएकी आमाले गरिन छोरीको हत्या



अ+ अ-

ताप्लेजुङ । ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि, कस्तो लागिरहन्छ ।’ आमाले गिट्टी बोक्दा एकाछेउमा भलाद्मी भएर बस्ने दुई वर्षीया बालिकाको शान्त र भद्र स्वभावबारे ताप्लेजुङका तत्कालीन जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले त्यसबेला आफ्नो फेसबुकमा लेखेका स्टाटस हो यो ।

आमाछोरीको अवस्था देखेर न्यायाधीश बस्नेतले दुई वर्षअघि आमालाई अदालतमै फूल गोड्ने काममा लगाइदिएका थिए । आमा अदालतको फूलबारी दैनिक रेखदेख गर्थिन् । चार वर्षकी छोरी स्कुल जान थालेकी थिइन् । भगवान्जस्ती तिनै आमाको हात बच्चीका लागि काल बनिदियो । ३२ वर्षीया पूजा चेम्जोङका कारण चार वर्षीया छोरी मनिकाको प्राणपखेरु उड्यो ।

स्थानीयका अनुसार बुवा सन्तवीर लिम्बु बिहानै काममा निस्कएका थिए । गृहकार्य नगरेको भन्दै मदिराले लट्ठ भएकी पूजाले बिहीबार छोरीलाई पिटेकी थिइन् । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाका अनुसार गृहकार्य नगरेकाले स्कुल जान नमोपछि आमाले कुटेकी थिइन् । यो समाचार अन्नपूर्ण पोष्टमा समाचार छ ।