२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलमा भेटियो गर्भवती महिलाको लास



अ+ अ-

काठमाडौं । रौतहटको चन्द्रपुुर नगरपालिका–१ स्थित मंगलपुर नजिकै जंगलमा गर्भवती महिला मृत अवस्थामा फेला परेकी छन् । उनको सनाखत हुन सकेको छैन । सृजना सामुदायिक वन उपेभोक्ता समुहको बनमा सोमबार राति फेला परेकी महिला आठ महिनाकी गर्भवती रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षण गर्दा उनी गर्भवती रहेको पुष्टि भएको हो । सनाखत हुन नसकेकी ती महिलाको हत्या भएको आशंका प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको बताएका छन् ।

उनका पेटमा आठ महिनाको बच्चा रहेको शव परीक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको हत्या गरेर जंगलमा फालेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

महिलाको शरिरका केही भागमा चोट लागेको भेटिएकाले प्रहरीले हत्याको आशंका गरेको हो । मंगलपुरको पुर्व–पश्चिम राजमार्गबाट करिब ३ सय मिटर दक्षिणतर्फको जंगलमा कपडाले छोपेको अवस्थामा शव फेला परेको थियो ।

गोरो वर्ण, ५ फिट ५ ईन्च उचाई, कालो कपाल, सुनौलो रंगको बुट्टे कुर्तासुरुवाल, दाहिने हातको बुढी औँला भन्दामाथिको भागमा अंग्रेजीमा एफ ट्याटु खोपिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।