२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीलाइ यौन सम्पर्क गरेको भन्दै श्रीमान पक्राउ



अ+ अ-

काठमाडौं । अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी पटक–पटक इच्छाविपरित यौन सम्पर्क गर्ने गरेको भनी उजुरी दिएको र पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी जनक शाहीले जानकारी दिए । अन्नपूर्ण पोष्टमा खबर छ ।