२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई ग्यास व्यवसायीको चेतावनी, माग पुरा…



अ+ अ-

काठमाडौँ । ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् ।

संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ ।

ग्यास वितरक/विक्रेताको पनि समयानुकूल उचित प्रतिफल (कमिसन) ६ प्रतिशत हुनुपर्ने संघको माग रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।