२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक जग्गा कब्जा गरी रिसोर्ट सञ्चालन



अ+ अ-

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरेर सिद्धकुमार श्रेष्ठले पार्क र रिसोर्ट सञ्चालन गरेका छन् । देवचुली नगरपालिका–१ र १७ वडा नम्बरमा पर्ने नारायणी नदी किनारमा सार्वजनिक (ऐलानी) जग्गा कब्जा गरेर उनले मेघा पिकनिकपार्क सञ्चालन गरेका हुन् ।

पार्क र रिसोर्ट करिब ४० बिघा क्षेत्रफलमा फैलिएको छ । सिद्धकुमार एन्ड सन्स कम्पनीको नाममा रहेको पार्कले देवचुलीको मुकुण्डे खोलाको करिब १० बिघा सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयको आरोप छ । पार्क सञ्चालनमा आएपछि शान्ति सिर्जना युवा क्लबले लामो समयदेखि प्रयोग गर्दै आइरहेको दिव्यपुरीको सबैभन्दा पुरानो खेलमैदानसमेत मासिएको छ । यहाँ फनपार्क र पिकनिक स्पोट सञ्चालनमा आइसकेको छ भने भव्य रिसोर्ट र एक हजारजना अट्ने सभाहल निर्माणाधीन अवस्थामा छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नगर प्रमुख पूर्णकुमार श्रेष्ठले अख्तियारबाट पत्र आएको र स्थानीयबाट समेत विरोध आएपछि पार्क सञ्चालकलाई संरचना निर्माण रोक्न पटक–पटक ताकेता गरेको जानकारी दिए । नगरपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षणमा नगरपालिकाले चासो दिइरहेको उनी बताउँछन् । पार्क निर्माण भइरहेको स्थानमा के–कति सरकारी जग्गा छ भन्ने यकिन हुन नसक्दा समस्या भएको नगरप्रमुख श्रेष्ठले बताए ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीका अनुसार पार्क र रिसोर्ट सञ्चालनका लागि अनुमतिसमेत लिइएको छैन । सानोतिनो व्यवसाय सञ्चालन गर्नसमेत घरेलु उद्योग कार्यालयमा दर्ता गर्नुपर्छ, तर करोडाँैको लगानीमा सञ्चालन हुन लागेको पार्क तथा रिसोर्टले नगरपालिका र घरेलुमा दर्ता नै गरेको छैन । साबिकको रजहर गाविस हुँदा एकतले घर भनी दर्ता गरेर सामान्य रेस्टुरेन्ट सञ्चालन गरेको, तर अहिले ठूलो रिसोर्ट र पिकनिक पार्क सञ्चालन गरेको उपप्रमुख तिवारीको भनाइ छ । सिद्धकुमार एन्ड सन्स कम्पनीको नाममा दर्ता गरी मापदण्डविपरीत पार्क र रिसोर्ट निर्माण गरिरहेको उनले बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।