२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनाभित्र पाइपबाटै इन्धन



अ+ अ-

सिमरा । मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो ।

गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको हो ।

निकुञ्जले पथलैयास्थित टिम्बर कर्पोरेसनलाई रुख कटान गरी लगत राख्न पत्राचार गरेको छ ।

यो निर्णयसँगै दुवै आयोजनाले गति लिएको छ । एक महिनाभित्र पाइपलाइन बिछ्याउने काम सम्पन्न गर्ने र केही दिन परीक्षण गरेर वैशाख अन्तिममै पाइपलाइनबाट इन्धन ल्याउने लक्ष्य राखेको नेपाल आयल निगमका डिपो प्रमुख प्रदीप यादवले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।