१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ र जलवायु संकटको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग गरेको व्यवहार बारे चासो



अ+ अ-

न्यूयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गर्नुभएको छ । 

'महामारी र जलवायु सङ्कटले चिनिने यस अवधिमा आज अन्तरराष्ट्रिय समुदायले अफ्रिकासँग कसरी व्यवहार गरिरहेको छ भन्ने बारे  चासो व्यक्त गर्दै छु,' गुटरेसले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले थप्नुभयो 'हामीले यो अन्याय र अनैतिकताको अन्त्य गर्नुपर्छ। हामीले अन्तरराष्ट्रिय क्षेत्रमा आर्थिक वृद्धि र राजनीतिक सम्बन्धका सन्दर्भमा परिस्थितिहरू समान छन् भनी सुनिश्चित गर्नुपर्छ। हामी र अफ्रिकाबीच समानताको सम्बन्ध हुनुपर्छ।' उहाँले थप्नुभयो । (रासस-एएनआई-स्पुतनिक)