२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती महिलालाई झण्डा र अण्डा



अ+ अ-

सिन्धुपाल्चोक । गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे ।

महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता लगे । घरमै दिइएके सुझावले मलाई स्वास्थ्य केन्द्रमा सुत्केरी हुन प्रेरणा दियो ।’ विकले भनिन् । सुत्केरी भएपछि एक क्रेट अण्डा लिएपछि आफै स्वास्थ्य चौकी जान थालेको उनको कथन छ ।

भोटेकोसी गापा गुम्बाको ३० वर्षीय माइली लामालाई स्वास्थ्य चौकीमा जानै मन लाग्दैनथ्यो । जनप्रतितिनिधिसहित स्वास्थ्य सेविकाले झण्डा गाडेर समयसमयमा सुझाव दिएपछि उनको सोचाइ बदलिएको छ । ‘म पनि केही दिनअघि मात्रै स्वास्थ्य चौकीमा सुरक्षित अवस्थामा सुत्केरी भए,’ उनले भनिन् । यो समाचार कान्तिपुरमा छापिएको छ ।