१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतमोहन अधिकारीको यस्तो थियो अन्तिम सन्देश



अ+ अ-

काठमाडौं । नेकपा नेता एवम् पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेताहरुलाई मिलेर अगाडि बढ्न अन्तिम सन्देश छोडेर गएका छन् ।

ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राख्नुअघि नेकपा नेता कृष्ण आचार्यमार्फत् अधिकारीले सन्देश छोडेका हुन् । उनको शनिबार राति ९ बजेर ४८ मिनेटमा ह्याम्स अस्पतालको भेन्टिलेटरमै निधन भएको छ ।

अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अधिकारीले महत्वपूर्ण सन्देश छोडेको भन्दै त्यसलाई आत्मसाथ गर्ने बताएका छन् ।

शनिबार राति पत्रकारसँग कृष्ण आचार्यलाई उद्धृत गर्दै प्रचण्डले भने, ‘पार्टी, देश र समाजको समृद्धिका लागि नेताहरु मिलेर जाउन’ भन्ने सन्देश छोड्नु भएको रहेछ ।

यो सन्देश हाम्रा लागि महत्वपूर्ण छ । यसलाई आत्मसाथ गरेर अगाडि बढ्छौँ । कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो । उनका तीन छोरी र श्रीमती छन् । चार पटक अर्थमन्त्री र पटकपटक मन्त्री भएका अधिकारी उप्रपधानमन्त्री हुँदा कार्यबाहक प्रधानमन्त्रीसमेत बनेका थिए । अन्नपूर्णबाट ।