२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम अख्तियार आयोगमा उजुरी दैनिक बढ्दै



अ+ अ-

भजनी । सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाएको छ । 
 
आयोगका अनुसार आर्थिक वर्ष २७७/७८ मा  कार्यालयमा ९०७ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७  देखि ८३८ उजुरी सरिआएका थिए भने तीमध्ये ७०७ उजुरी आत्रै फछ्र्यौट भएको आयोगको कार्यालयका अनुसन्धान अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिनुभयो ।  गत आवमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको उल्लेख गर्दै अनुसन्धान अधिकृत बस्नेतले स्थानीय तह अन्तर्गतका ३३३ उजुरी परेकामा शिक्षाअन्तर्गत १४३ र उद्योग वन पर्यटनअन्तर्गत ९६ उजुरी परेको बताउनुभयो ।

आयोगले गत आवमा ११४ उजुरीअन्तर्गत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको भन्दै अनुसन्धान अधिकृत बस्नेतले मुद्दा दायर भएका व्यक्तिबाट आयोगले रु एक अर्ब ८९ करोड ४७ लाख ३५ हजार बिगो माग दाबी गरिएको बताउनुभयो । कार्यालयले हाल ८३ उजुरीको विस्तृत र एक हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । सबैभन्दा बढी कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ रउजुरी छन् ।

कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले अनियमितता नेतृत्वबाटै बढी हुने गरेको स्पष्ट पार्दै स्थानीय तहमा धेरै चुनौतीका बाबजुद काम गर्दै जाँदा समस्या भएको हुनसक्ने बताउनुभयो । “हामी जनप्रतिनिधि नाङ्गो आँखा हौँ । हामीले हेर्ने नाङ्गो आँखाले मात्रै हो”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई कानून र विधिलाई व्यवस्थापन गर्न लामो समय लागेका कारण पनि भ्रष्टाचार बढेको देखिन्छ । खासमा सही नियतले काम गर्न सकेमात्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ ।”
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर कुरुम्बाङले दक्ष व्यक्तिबाट नै भ्रष्टाचारको खतरा बढ्दै गएको बताउँदै नेपालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकै कारणले पनि भ्रष्टाचार बढेको उल्लेख गर्नुभयो । उहाँले अख्तियारसँग कर्मचारीले त्रसित हुनुपर्ने कुनै कारण नभएको भन्दै सबैको सामूहिक प्रयासले मात्रै भ्रष्टाचारलाई कम गर्न सकिने बताउनुभयो  ।

भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले कर्मचारीलाई स्थानीय तहमा काम गर्न निकै चुनौती भएको बताउँदै चुनौतीसँगै सिकाइका अवसर पनि स्थानीय तहमा रहेको बताउनुभयो । स्थानीय तहमा उपभोक्ता समिति गठनका लागि केन्द्रबाट कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने भन्दै भ्रष्टाचारका विषयमा कर्मचारी र जनप्रतिनिधिलाई सँगै राखेर छलफल चलाउन आवश्यक रहेको उहाँको भनाइ छ । 
 
जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले अख्तियारमा उजुरी बढ्दै गएको भए पनि त्यसको फरफारकमा निकै समय लाग्ने गरेको उल्लेख गर्दै गलत नियतले हालिएका उजुरीका हकमा त्यसो गर्नेलाई पनि कारवाहीको व्यवस्था हुन आवश्यक रहेको बताउनुभयो । रासस