९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभरका ८० करोड डिभाइसमा विन्डोज १० प्रयोग



अ+ अ-

माइक्रोसफ्ट कम्पनीको पछिल्लो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ । माइक्रोसफट्का अनुसार अहिले विश्वभरका ८० करोडभन्दा धेरै डिभाइसमा विन्डोज १० प्रयोग भैरहेको छ ।

यसअनुसार, माइक्रोसफ्ट विन्डोज १० का प्रयोगकर्ताको संख्या १ अर्ब पुर्‍याउने लक्ष्यको नजिक पुगेको हो ।

सन् २०१५ को जुलाईमा रिलिज भएको विन्डोज १० यतिधेरै लोकप्रिय भएको छ कि साढे ३ वर्षभित्रमै यसका ८० करोड प्रयोगकर्ता पुगेका छन् । माइक्रोसफ्टले ३ वर्षभित्रमा विन्डोज १० का प्रयोगकर्ता १० अर्ब पुर्‍याउने लक्ष्य राखेको थियो । तथापि, यो पूरा भने हुन सकेन ।

गत सेप्टेम्बर २०१८ मा विन्डोज १० का प्रयोगकर्ता ७० करोड पुगेको घोषणा माइक्रोसफ्टले गरेको थियो । यस अनुसार पछिल्लो ६ महिनामा विन्डोज १० का प्रयोगकर्ताको संख्या १० करोडले वृद्धि भएको छ । सन् २०१९ भित्रमा यो संख्या १ अर्ब सहजै नाघ्ने अनुमान गरिएको छ ।

स्मरण रहोस् विन्डोज विश्वको सबैभन्दा लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम पनि हो । माइक्रोसफ्टकै अपरेटिङ सिस्टम विन्डोज ७ को लोकप्रियतालाई पछि पार्दै विन्डोज १० गत जनवरीमा सर्वाधिक लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम बनेको थियो । विन्डोज सेभेनको बजार हिस्सा ३६।०९ प्रतिशत रहेकोमा विन्डोज १० को हिस्सा पहिलोपटक ३९।२२ प्रतिशत पुगेको थियो ।

माइक्रोसफ्टले विन्डोज सेभेन फेजआउट गर्ने मिति नजिकिँदै गर्दा आगामी दिनमा विन्डोज १० प्रयोगकर्ताको संख्यामा झनै वृद्धि हुने अनुमान गरिएको छ । विन्डोज ७ मा उपलब्ध गराउँदै आएको सेक्योरिटी अपडेट माइक्रोसफ्टले यो वर्षको अन्त्यबाट हटाउँदैछ ।

माइक्रोसफ्टको मोर्डन लाइफ एण्ड डिभाइस विभाग अन्तर्गत कर्पोरेट उपाध्यक्ष युसुफ मेहेदीले एक ट्विट गर्दै विन्डोज १० ले विन्डोजको इतिहासमै सर्वाधिक उपभोक्ता सन्तुष्टि प्राप्त गर्न सफल भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा