२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता उडाउन हेलिकप्टर प्रतिस्पर्धा



अ+ अ-

धादिङ – राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ । पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ । सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन ।

तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टर प्रयोग गर्ने जिल्लावासीमा प्रतिस्पर्धा चलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठोरले लेखेका छन् ।

गत साउनदेखि फागुन १७ सममको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा उत्रिएका छन् । 

राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर १५ गते हेलिकप्टरबाट ल्याए । अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सरदमुकाममा आयोजित ल्होसार मनाउन हेलिकप्टरमै ल्याइयो ।

माघ १ गतेकै दिन सरदमुकामको खाल्टेमा गोरु जुधाउन मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकले हेलिकप्टरमै ल्याए ।