२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक



अ+ अ-

मोरङ । साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।विराटनगरमा आयोजित कार्यक्रममा महिला टिमका कप्तानहरुले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

सुरुमा सात टिमको सहभागिता रहने बताइए पनि अन्तिम समयमा पाकिस्तानले प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो । जसका कारण साफ महिला च्याम्पियनिसपमा ६ टिमको सहभागीता रहेको छ ।

मंगलबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन् । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने जनाइएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा बंगलादेश टिमका प्रशिक्षकले नेपाल र भारत बलियो टिम रहेकाले आफूहरु पनि यसपटक राम्रो तयारीका साथ नेपाल आएको प्रतिक्रिया दिए ।

यस्तै नेपालका प्रशिक्षक हरि खड्काले भारतमा भएको हिरो गोल्डकपमा नेपालले नतिजाले टिम नेपाली टिमको मनोबल उच्च रहेको र सो प्रतियोगिताले टिममा रहेका कमजोरीलाई औल्याउने मौका मिलेको पनि बताए ।

नेपालकी कप्तान नीरु थापाले पनि आफ्नो टिमको लक्ष्य उपाधि नै रहेको बताइन् ।