मोरङ । साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।विराटनगरमा आयोजित कार्यक्रममा महिला टिमका कप्तानहरुले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।
सुरुमा सात टिमको सहभागिता रहने बताइए पनि अन्तिम समयमा पाकिस्तानले प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो । जसका कारण साफ महिला च्याम्पियनिसपमा ६ टिमको सहभागीता रहेको छ ।
मंगलबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन् । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने जनाइएको छ ।
ट्रफी सार्वजनिक कार्यक्रममा बंगलादेश टिमका प्रशिक्षकले नेपाल र भारत बलियो टिम रहेकाले आफूहरु पनि यसपटक राम्रो तयारीका साथ नेपाल आएको प्रतिक्रिया दिए ।
यस्तै नेपालका प्रशिक्षक हरि खड्काले भारतमा भएको हिरो गोल्डकपमा नेपालले नतिजाले टिम नेपाली टिमको मनोबल उच्च रहेको र सो प्रतियोगिताले टिममा रहेका कमजोरीलाई औल्याउने मौका मिलेको पनि बताए ।
नेपालकी कप्तान नीरु थापाले पनि आफ्नो टिमको लक्ष्य उपाधि नै रहेको बताइन् ।