काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयगरेको हो ।
गत भदौ ३० देखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा चलेको थियो भने ३ लाख ८५ हजार विद्यार्थीले परिक्षा दिएका थिए ।
परिक्षा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर लिइएको थियो। प्रकाशित नतिजा अनलाइनमा हेर्न भने केही समय लाग्ने बोर्डले जनाएको छ ।