१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ढाल्न देशी–विदेशी शक्ति जुटाएर मोर्चा कसे : गृहमन्त्री थापा



अ+ अ-

भैरहवा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वकमा रहेको सरकार ढाल्न विभिन्न शक्तिहरुले चलखेल गर्न सुरु गरेको बताएका छन् । उनले हाल नेकपा शक्तिशाली बन्दै गइरहेको अबस्थामा सरकार ढाल्न देशी–विदेशी शक्ति जुटाएर मोर्चा कसेको आरोप लगाएका छन् ।

रुपन्देहीको भैरहवामा सोमबार आयोजित नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य व्यवस्था उल्ट्याउन बाहिरी शक्ति मोर्चा बनाएर लागिरहेको उल्लेख गरेका छन् ।

‘पराजित शक्तिहरु बलियो अबस्थामा रहेको नेकपा नेतृतवको सरकार उल्ट्याउन र पराजित गर्न खोजेका छन्’, उनले भने, ‘प्रतिगामी शक्तिहरु यसमा लागि रहेका छन् । साम्राज्यवादी र प्रतिगामीका लागि कम्युनिष्ट सरकार तारो बनेको छ ।’

नेकपाले चमत्कारिक उपलब्धी हाँसिल गरेको बताउँदै पराजितहरु यसलाई उल्ट्याउन लागिरहेको उनले बताए । सरकार गिराउ ढाल्नको लागि षड्यन्त्र भइरहेका बताएका छन् । उनले भने हाम्रो सरकार ढाल्नको लागि भित्र र बाहिरका शक्तिहरु मिलेर चलखेल गरिरहेका छन्, हामी यी चुनौतीलाई चिर्दै अघि बढेका छौँ ।

बादलले एक वर्षको अवधिमा सरकारले सोचेजति काम गर्न नसकेको स्वीकारे । चैतदेखि विकास र समृद्धिका लागि देशव्यापी अभियानमा जाने उनले बताए ।