२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई हराउदै हिमालयन शेर्पा माई भ्याली गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश



अ+ अ-

इलाम । हिमालयन शेर्पा क्लब इलाममा चलिरहेको पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा हिमालयनले हङकङ नेप्लिज एकाडेमी क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । हिमालयको जितमा सुनिल खड्काले तीन, विसन गुरुङ र कप्तान मानबहादुर तामाङ समान एक एक गोल गरेका थिए । यता हङकङको लागि भने समीर लिम्बूले जवाफी गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमा नै हिमालयन शेर्पा क्लबका सुनिल खड्काले गोलको खाता खोले । आठौँ मिनेटमा पुनः हिमालयनका खड्काले नै दोश्रो गोल गरी अग्रता दोब्बर बनाए । सुरुवातदेखि नै विपक्षीलाई दबाबमा राख्न सफल हिमालयनले ३७ औँ मिनेटमा अग्रता तेब्बर बनायो । हिमालयनका विसन गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता बनाए ।

दोश्रो हाफको सुरुवातमा हङकङले एकमात्र जवाफी गोल फर्काउन सफल भएको थियो । ४६ औँ मिनेटमा हङकङका समीर लिम्बूले जवाफी गोल फर्काउँदै खेल ३–१ मा ल्याए । तर दोश्रो हाफमा समेत हिमालयनको दबदबा कायमै रहयो । ६६ औँ मिनेटमा पुनः हिमालयनका सुनिल खड्काले गोल गरी टिमलाई ४–१ अग्रता मात्र दिलाउँदै आफ्नो ह्याट्रिक समेत पूरा गरे । विपक्षीलाई निरन्तर दबाबमा राखेको हिमालयनका कप्तान मानबहादुर तामाङले ७७ औँ मिनेटमा गोल गरी ५–१ सहज जित दिलाएका थिए ।

खेलमा विजेता हिमालयन शेर्पा क्लब सुनिल खड्का म्यान अफ् द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबार पहिलो क्वार्टरफाइनमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ र विदेशी टिम युनाइटेड क्लब दार्जीलिङ भारत प्रतिष्पर्धा गर्नेछन् ।

चैत ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ  । माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।