२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिटो भन्दा छिटो ताजा जनादेशमा जाऔँः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताउनु भएको छ । 

शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रिय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताउनु भएको हो । उहाँले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पु¥याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले सत्तारुढ केही दलको काम बिगार्ने र भत्काउनेबाहेक अरु केही नभएको दावी समेत गर्नु भयो । 

उहाँले भन्नु भयो, ‘राष्ट्रिय राजनीति जसरी अन्यौलग्रस्त, अस्थिरतायुक्त र गत्यावरोधको अवस्थामा जो रहेको छ । त्यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अघि बढाउने काममा हामी लाग्छांै, आगामी दिनहरुमा । वर्तमान गठनबन्धनको जुन सरकार छ, त्यसबाट देश चलिराखेको छैन । यो सबैले अनुभूत गरेको कुरा हो । कसैले बोल्छ, कसैले बौल्दैन । कसले बोल्न मिल्छ, कसले मिल्दैन ? कसले भन्छ, कसले भन्दैन । कसलाई भन्न मिल्छ, कसलाई मिल्दैन, त्यो आफ्नो ठाउँमा होला । तर देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यस्तो चलेकोलाई पनि चलेको भन्ने हो भने त नचलेको कसलाई भन्ने ? र यो भद्रगोल, यो अनियमितता, यो बेथिति, यस प्रकारको गतिहीनता देशले लामो समय भोगीरहन सक्दैन । त्यसकारण हामी सधै भनिरहेका छौं–छिटोभन्दा छिटो ताजा जनादेशमा जाऊ । हाम्रो सधैं जोड रहेको छ–देशको समय अर्कमन्यताको कारण बर्बाद गर्नु उचित हुँदैन । त्यसकारण अगाढि जाऊ । स्थिति कस्तो छ ? हरेक क्षेत्रलाई निकम्मा बनाइएको छ र लोकतन्त्रहरुको आधार, तिनीहरुलाई भत्काउने काम गरिएको छ । प्रक्रियागत हिसावले लोकतन्त्रलाई भत्काउने काम गरिएको छ । र बिगार गर्ने कामहरु, विसंगत बनाउने कामहरु, त्यसतर्फ सरकार लागि परेको देखिन्छ । कतिपय घटकको त कामै बिगार्ने, भत्काउने देखिएको छ ।’

अध्यक्ष ओलीले आगामी मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने अडान दोहो¥याउनु भयो । राष्ट्रपति विद्या भण्डारीले आगामी मंसीर २८ गते संघीय संसद बैठक आह्वान गर्नु भएको छ । तर त्यो बैठक पनि चल्न नदिने अध्यक्ष ओलीले चेतावनी दिनु भयो । उहाँले आफ्नो पार्टीले निश्कासन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न दिन नसक्ने तर्क समेत गर्नु भयो । उनीहरु गैर सांसद भएकाले उनीहरु आएको संसद बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । 

उहाँले भन्नु भयो, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो ? अव त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निश्कासन गरेका व्यक्तिहरु, निश्कासित व्यक्तिहरु संसद भित्र राखेर संसद कसरी चल्न सक्छ ? निमयले गैर सांसदलाई सभामा बस्न दिँदैन । हामीले पार्टीबाट साउन २५ गते नै निश्कासन गरिसकेका व्यक्तिहरु फेरी २८ गते आउछन भने त्यो कुरा त फेरी हामीलाई स्विकार्य हुन सक्दैन । यस कार्यमा हामी पहिले देखि नैभनिरहेका छौं–सभामुखजी नेकपा एमालेका विरुद्ध सत्ता पक्षीय गठबन्धनसँग अनुचित, अपवित्र गठबन्धन गरेर एमालेका विरुद्ध लाग्नु भएको छ । एमाले पार्टी फुटाउन लाग्नु भएको छ । फुटाउन लाग्ने भो । र उहाँले अवैध ढंगले उहाँले फुटाउन मद्धत गर्नु भो । निष्पक्षता देखिएन । निष्पक्ष रहनु पर्ने सभामुखको पद निष्पक्ष देखिएन । महंगी बढेको छ । जनताले अरु समस्या भोगिरहनु परेको छ । नयाँ भेरियन्ट कोभिड १९ आउँदैछ । अनेक समस्याहरु छन । तिनीहरु पट्टी सरकारको ध्यान गएको छैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीको दशौं महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न भएको दावी समेत गर्नु भयो ।