१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड भर्सेस रवि : खास कुरा के ?, जनता कसको पक्षमा ?



अ+ अ-

काठमाडौँ । न्युज २४ बाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछाने फेरी विवादमा परेका छन् । उनले आफ्नो कार्यक्रमबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई लाइभ शो बाटै ‘प्रचण्ड मारिएर केही फरक पर्दैन’ भनेर बोलेपछि उनि विवादमा परेका हुन् ।

पछिलो समय पत्रकारिताबाट नाम,दम र मान कमाएका रवि लामिछाने पहिलोपटक भने यसरी विवादम परेका होईनन् । कहिले चलचित्र बिकास कोषका पूर्ब अध्यक्ष निकिता पौडेलसँग विवाह गरेर होस् वा कहिले अमेरिकाको ग्रिनकार्डको कुराले बेलाबखत विवादमा परिनै रहने गर्दछन् ।

बिदेशी भूमिलाई त्यागेर नेपालमै पत्रकारिताको माध्यमबाट समाज परिर्वतन गर्छु भनेर लागेका पत्रकार लामिछाने समर्थक र १० बर्षै जनयुद्धबाट समाज परिर्वनको सपना बोकेर बन्दुक बोकेर राजनितिमा होमिएका अध्यक्ष प्रचण्ड समर्थक अहिले दुई धुर्वमा बिभाजन भएका छन् । एकले
रवि लामिछाने लाई सहि भन्छन् त एकले प्रचण्डलाई त्यसैले नेपाली समाज अहिले दुई धारमा बिभाजन भएको छ भन्दा फरक नपर्ला ।

कसरी आयो यो कुरा ?
नेकपाका अध्यक्ष प्रचण्डले फागुन ३० गते तत्कालीन माओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा विप्लव समूहका नेताहरुले प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर माइन्यूट गरेको बताए ।

‘मलाई विहान सरकारको तर्फबाट जानकारी गराइयो, दाहाले भने, मेरै कार्यालयको सचिव बसेको विप्लव समुहले प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे ।’

‘मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’उनले प्रश्न गरे के मलाइ मारेर संघीय लोकतन्त्र गणतन्त्र बच्ने हो ?

अध्यक्ष दाहाले भने, मेरै स्कुलको नक्कल गर्न खोजेको बाहेक केही देखिन्न । सक्कल गरेर मात्र पास हुने हो । नक्कलले दुःख पाउनेबाहेक केही हुनेवाला छैन ।

दाहाले ज्ञानेन्द्र शाहले राजा महेन्द्रको कलाविहीन नाटक नक्कल गर्न खोज्दा राजतन्त्र नै समाप्त भएको भन्दै अरुको नक्कल गर्न खोजे दुर्घटना हुने बताए ।

उनले विप्लव समूहलाई परिस्थिति अनुसार चल्न सुझाव दिएका छन् । महान् सहिद तथा बेपत्ता योद्वाको आदरणिय परिवार जनहरुको अगाडि उभिएर म साथीहरुलाई एक चोटी निधार खुम्चाएर सोच्न आग्रह गरे । परिस्थिति ५२ सालको जस्तो छैन यो ७५ साल हो र ठुलो राजनितिक परिवर्तन हाम्रै कारणले आएको हो उनले भने ।

त्यसपछि समाजिक संजालमा र मिडियामा यो बहस फैलिन थाल्यो । वास्तवमा विप्लव समूहले भनेकी भनेनन् भनेर कसैले खोजी गरेनन् । प्रचण्डकै भाषणको भरमा उनलाई कतिले दया देखाए त कतिले मार्नु पर्छ भनेर टिप्पणी दिन थाले ।

रवि लामिछानेले के भने ?
पत्रकार लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनतासँगमा उनले भने “वाह कमरेड” जनताका छोरा मर्दा पीर परेन तर आफुलाई मार्छु भनेर भन्नसाथ विप्लव वल्ल तपाईको नजरमा लुटेरा भयो ? जनताको जिउधन असुरक्षित हुँदासम्म मतलब भएन तर आफु मार्ने भो भनेपछि विप्लवमाथि प्रतिबन्ध ? विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय सरकारको हो त्यसमो मेरो के दोष भन्नु होला । सरकार तपाईकै हो तर प्रतिबन्धको बिरोध तपाईले गर्नु भएको छैन ।

“प्रचण्डज्यू तपाईलाई मार्छु भन्दा देश नै टुक्राउछु भन्ने चाही घातक हो ।देशका अगाडी तपाई र म जस्ता कोई पनि होइनौँ। तपाईको छोरी मेयर, बुहारी मन्त्री छन्। तपाई आफनो श्रीमतीको उपचार अमेरिका लगेर गर्दे हुनुहुन्छ । यो २०५२ साल होईन राजा छैनन् तर तपाईहरुको जीवनमा आएका परिवर्तनले राजा छैनन् भनेर कसरी पत्याउने ?” उनले यस्तै यस्तै बोलेका थिए ।

उनले यो भनेपछि समाज दुई धुर्वमा बिभाजित भयो एक थरि उनको समर्थनमा त अर्को थरि प्रचण्डको समर्थनमा । प्रचण्ड समर्थकले रविले प्रचण्डलाई मरे मरोस भनेको र विप्लवलाई थप उचालेको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत गाली बसाईरहेका छन् । उता रविले यसबारेमा स्पष्टीकरण दिँदै हिजो प्रशारण भएको कार्यक्रममा पनि बोलेका छन् भने आज उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण पनि दिएका छन् ।

उनले आफुले कहिले पनि कोही मर्नु पर्छ वा कोही मरे पनि फरक पर्देन भनेर नभनेको उल्लेख गरेका छन् । उनी लेख्छन्, “मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन। हे फुर्सदिला “तिमीहरु” हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ ?बोलेको हेर,सुन।कुरा नबुझे,बुझ्नेलाई अर्थ्याउन लगाउ,सोध हुन्न ?”

यता रविले दिएको अभिव्यक्तिपछि अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछानेलाई कारवाहि गर्न माग गरे । बस्नेत पत्रकारितामा एम.ए. तथा नेपाल वार काउन्सिल अधिबक्ता समेत रहेका छन् ।

सुरेन्द्र बस्नेतले के भने ?

बस्नेतले भने, प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रवि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? न्युनतम मानवीय मर्यादा र सभ्यता विरुद्धको उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय वनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन्।

जनता के भन्छन् ?

जनताले यो बिषयमा बिभिन्न धारण पोखेका छन् । एक थरिले प्रचण्डलाई समर्थन गरेका छन् त अर्का थरिले लामिछानेलाई । सामाजिक संजालमा के भन्छन् त हेरौं ।

सागर पाण्डे भन्छन्
रवि लामिछाने भाइ एक उम्दा युवा पत्रकार एवं प्रस्तोता हुन् । कहिलेकाही बोल्दा बोल्दै अलि उत्तेजनामा आउदा शब्दावली चिप्लिएका पाइन्छन् । त्यही चिप्लिएका शब्दहरु फ़ेरि झटारो बनेर उनिमाथी बर्सिन पुग्छन् । बोल्दा सन्तुलित तवरबाट बोले यी कुरा न्यूनीकरण हुन सक्छन् । समाजमा केही यस्ता मान्छेहरु पनि छन् जस्ले अलि खरा , चर्का कुरालाइ बढी मन पराउछन् ।

दिपेन्द्र कुमार भन्छन्
दुनियाँका छोराछोरी मर्दा केही नहुने,आफूलाई मार्छ भनेर,मर्छु भनेर त्यत्रो डर मान्नु पर्ने किन ? कति चिन्ता भाको बिचरा आफ्नो ज्यानको प्रचण्डलाई,१७००० मान्छे मार्दा कुनै कारवाही हुँदैन,अनि त्यो चाई राजनीतिक समाधानरे अचम्म छ ।

रमेश भट्टराई भन्छन्
पत्रकार र पत्रकारिताको इतिहासमा कालो धब्बा लाउनु समस्त पत्रकार क्षेत्रको बेइज्जत हो । यी मानिस पत्रकारका कलङ्क हुन् । कारवाही हुनु आवस्यक छ ।

अनिल भन्छन्
न १/२ जना मान्छे मारेर १२/१५ बर्ष जेल बसेर प्रधानमन्त्री बनिन्छ, न त १२/१५ बर्ष जंगल पसेर अध्यक्ष नै ! सबैले आ–आफ्नो काम ईमान्दारीपुर्वक गरौँ अबश्य सफल भैइन्छ।

सूर्य कोइराला भन्छन्
कुकुर जस्तो भुक्ने झोलेहरुले नत देशको माया गर्छ न त जनताको नै । सधैभरी आफ्नो पार्टीको नेताको मलदुवार लाई हरिदुवार मात्र देख्छन् ।

अबिनाश बिष्ट भन्छन्
साच्चिकै देशभक्ती त ती हुन जो कुनै पार्टी मा आबद्ध छैनन् अरु सबै लुटेरा लाग्छ मलाई ।

शम्भु बम्जम भन्छन्
रवीमा खोट छ । अमेरिकामा दुईटी छोरीको पढाई र घर खर्च,नेपालमा महङ्गो फ्ल्याट र लग्जरियस कार अनि मासिक लाखौ खर्च रे। काहाँबाट आउँछ यत्रो विधि कमाई?

रोनिश साम्राी घले भन्छन्
द्वन्द्ध कालमा कतिलाई बिधुवा बनाए कतिलाई टुहुरो बनाए । मरेर खासै फरक पर्दैन ।

गणेश भन्छन्
कुनै सर्वेच्च अदालत होइनौं तिमी एक रिपोर्टर हौ । एक पत्रकार हौ, पत्रकारको काम सूचना सङ्कल गर्ने हो तेइ गर । आफूलाइ सर्वेच्च अदालत नसोच । हरेक पत्रकारहरु पत्रकार नै बन नत्र एकदिन पत्रकारिता, मास मिडियाको अस्तित्व सखाप पर्ला ।

शर्मिला आचर्या भन्छिन्
जब हत्याराहरुले नै अरु हत्याराहरुको बिरोध गरेको देख्दा ताजुब लागेर आउँछ ।

अर्जनु पण्डित भन्छन्
तिमीहरु यस्तै भईर्हौ भने तिमीहरुका नेता यस्तै भईरहन्छन् । तिम्रा नेता यस्ता भइरहुन्जेल यो देशपनि यस्तै भइरहन्छ। त्यसैले मेरो विचारमा तिमीहरु यो देशका मेन समस्या हौ ।

अब के होला?

लामिछानेले बेलाबखतमा विवादित कार्यक्रम सञ्चालन गर्दै आएको आरोप लाग्ने गर्दछ । उनका शब्द कतिपय अवस्थामा सभ्य समाजले पचाउन नसक्ने र पत्रकारिताको आचारसंहिता विपरीत रहेको भन्दै आलोचना हुँदै आएको छ । उनले “लिटल बुद्ध”का नामले चिनिएका रामबहादुर बमजन प्रति दिएको अभिव्यक्ती, वाइडबडी घोटला र पछिलो समय बोलेको कुरा समाजले पचाउन नसेको नेकपाका कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

नेपालमा राम्रो काम गर्नेको खुटट् तान्ने प्रवृति बढेको भन्दै यस्ता विवाद आउनुलाई नेपाली समाजले सामान्य किसिमबाट लिने गर्छन् । बेलाबखतमा आउने विज्ञप्ति समय र अर्को काण्ड नआएसम्म चर्चाको बिषय बन्ने भएका कारण यो विवादपनि लामो समयसम्म नचल्ने देखिन्छ ।