८ पुष २०८२, मंगलवार
,
Latest
कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी च्याम्पियन्स ट्रफी: इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित



अ+ अ-

एजेन्सी। दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ।

 शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात विकेटले पराजित गरेको छ। पाकिस्तानको कराचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभर पनि खेल्न सकेन ३८.२ ओभर खेलेको इंग्ल्यान्डले दक्षिण अफ्रिकासामु १८० रनको लक्ष्य प्रस्तुत गर्‍यो।

जवाफमा दक्षिण अफ्रिकाले २९.१ ओभरमा तीन विकेट गुमाएर १८१ रन बनाएर जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाका लागि रस्सी वैन डेर ड्युसेनले ८७ बलमा ७२ रन बनाए। त्यस्तै हेनरिक क्लासेनले ५६ बलमा ६४ रन जोडे। त्यस्तै इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले दुई र स्पिनर आदिल रशीदले एक विकेट लिए।

समूह ‘बी’ मा दक्षिण अफ्रिका समूह विजेता बन्दा अस्ट्रेलिया उपविजेता बनेर अन्तिम चारमा पुगे। यो समूहबाट अफगानिस्तान र इंग्ल्यान्ड बाहिरिए।

यसअघि समूह ‘ ए’ बाट न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुगेका थिए। आयोजक पाकिस्तान र बंगलादेश भने बाहिरिएका थिए। न्युजिल्याान्ड र भारतबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेतासँगै सेमिफाइनलमा भिड्ने समिकरण पूरा हुनेछ।