९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने अमेरिकासँग खनिज सम्झौता गर्न तयार छौं



भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्को विवाद भएलगत्तै जेलेन्स्की लन्डनका लागि प्रस्थान गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

चर्को विवादका बावजुद जेलेन्स्कीले अमेरिकाप्रति आभार प्रकट गरेका छन्। उनले ट्वीटर्माफत् अमेरिकाले गरेको समर्थनप्रति आभार प्रकट गरेका हुन्। ‘म चाहन्छु कि अमेरिका हाम्रो पक्षमा अझ दृढतापूर्वक उभियोस्। उनीहरूको समर्थन बिना रुसी आक्रमणविरुद्ध लड्न निकै गाह्रो छ,’ उनले भनेका छन्।

अमेरिकासँग हुने भनिएको खनिज सम्झौता हुन नसके पनि जेलेन्स्कीले उक्त सम्झौतामा हस्ताक्षर गर्न आफूहरू तयार भएको बताएका छन्। ‘खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं। तर अमेरिकाले सुरक्षा ग्यारेन्टीचाहिँ गर्नुपर्छ,’ उनले भनेका छन्।