२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने अमेरिकासँग खनिज सम्झौता गर्न तयार छौं



भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्को विवाद भएलगत्तै जेलेन्स्की लन्डनका लागि प्रस्थान गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

चर्को विवादका बावजुद जेलेन्स्कीले अमेरिकाप्रति आभार प्रकट गरेका छन्। उनले ट्वीटर्माफत् अमेरिकाले गरेको समर्थनप्रति आभार प्रकट गरेका हुन्। ‘म चाहन्छु कि अमेरिका हाम्रो पक्षमा अझ दृढतापूर्वक उभियोस्। उनीहरूको समर्थन बिना रुसी आक्रमणविरुद्ध लड्न निकै गाह्रो छ,’ उनले भनेका छन्।

अमेरिकासँग हुने भनिएको खनिज सम्झौता हुन नसके पनि जेलेन्स्कीले उक्त सम्झौतामा हस्ताक्षर गर्न आफूहरू तयार भएको बताएका छन्। ‘खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं। तर अमेरिकाले सुरक्षा ग्यारेन्टीचाहिँ गर्नुपर्छ,’ उनले भनेका छन्।