६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास गर्न सकिन्छ : परराष्ट्रमन्त्री

साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास गर्न सकिन्छ : परराष्ट्रमन्त्री
अ+ अ-

ललितपुर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कूटनीतिका माध्यमबाट खेलको विकास र विस्तार गर्न सकिने बताउँदै साहसिक खेलको विकास गर्न सकिए यो संसारकै लागि आकर्षणको केन्द्र बन्ने बताउनुभएको छ ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सञ्चालित चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पुरस्कार वितरण गर्दै उहाँले नेपालमा साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास र विस्तार गर्न सकिने सम्भावना आफूले देखेको जानकारी गराउनुभयो ।

हिजोआज खेलकुदको आकर्षण र महत्व विश्वव्यापी बढ्दै गइरहेकाले नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात रहेका पनि स्पष्ट गर्नुभयो । गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसीडीको तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रूपमा राखिएको स्मरण गर्दै उहाँले भन्नुभयो “कूटनीतिबाट पनि खेलको विकास गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ बुझेँ र त्यहाँ उपस्थित धेरै देशका विदेशमन्त्रीहरुले विभिन्न खेलको नाम लिँदा मैले नेपालमा माउन्टनेयरिङ र ह्वाइट वाटर -याफ्टिङको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छु ।”

त्यसपछि नेपाल फर्किएर यस विषयमा आफूले खेलकूद क्षेत्र र सरकारी निकायका अधिकारीहरुसँग बैठक गरी नेपालमा माउन्टनेयरिङ र ह्वाइट वाटर -याफ्टिङको विकास र विस्तारको सम्भावनाका बारेमा पनि कुराकानी गरिसकेको जानकारी मन्त्री डा राणाले दिनुभयो ।

नेपालले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिने भएकाले यस विषयमा नेपाली कांग्रेस र पार्टीको खेलकूद विभागमा पनि व्यापक मात्रामा छलफल गर्नुपर्ने उहाँको भनाई थियो ।

सो कार्यक्रममा मन्त्री डा राणाले नेपालामा साहसिक खेलकूदहरु विशेषगरी माउन्टनेयरिङ, ¥याफ्टिङ आदिमा विश्वका पर्यटककै रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पनि पर्यटक भित्र्याउन सकिने धारणा राख्नुभयो ।

नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको पनि उहाँको भनाई थियो । मन्त्री डा राणाले कृष्णप्रसाद भट्टराइजस्तो नेपालमा प्रजातन्त्र र नागरिक शासनका लागि जीवन आहुति दिनुभएका सन्त नेताको नाममा खेल प्रतियोगिता राखेकामा सो आयोजकहरुलाई धन्यवाद दिनुभएको थियो ।