६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रहरीको वर्चस्व कायमै, दोस्रो दिन ६ स्वर्ण

प्रहरीको वर्चस्व कायमै, दोस्रो दिन ६ स्वर्ण
अ+ अ-

काठमाडौँ।‌ चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पनि नेपाल प्रहरीको वर्चस्व रहयो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा प्रहरीले ६ स्वर्ण र एपिएफले १ स्वर्ण जितेको छ ।‌

१२ वटा स्वर्णको छिनोफानो हुँदा प्रहरीले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण प्राप्त गरेका छन्। ललितपुरस्थित कराते एकेडेमीमा आज भएको ७५ केजी तौल समुहमा १३औं दक्षिण एसियाली खेलकुदका कास्य विजेता नेपाल प्रहरीका राजीव पुडासैनीले स्वर्ण जिते। उनले सुदर पश्चिमका योगेश सिंह बिष्टलाई हराए। आर्मीका शिबु ओड र रुरेहाङ्ग डुमी राईले कास्य हात पारे।

पुरूष ६७ केजी मुनिको तौल समुहमा नेपाल प्रहरीका सन्तोष श्रेष्ठले एकपक्षीय फाइनलमा गण्डकी प्रदेशका सक्षम लामालाई ९-० को अन्तरमा हराउँदै स्वर्ण जिते। सुदूर पश्चिमका खड्ग थामी मगर र कोशी प्रदेशका मनिष विक तेस्रो भए।

५० केजीमा प्रहरीका साजन मोक्तान पहिलो भए। उनले फाइनलमा बाग्तीका लेख राज घिमिरेलाई प्रतिस्पर्धात्मक फाइनलमा ७-५ ले माथ दिए। यो स्पर्धामा गण्डकी प्रदेशका बोमिन गुरूङ र मधेश प्रदेशका सोहन मगरले तेस्रो स्थानमा चित बुझाए।

८४ केजी पुरूषतर्फ मोहम्मद शेखु अलामले एपिएफलाई पहिलो स्वर्ण दिलाए। उनले फाइनलमा कोशीका धन राईलाई सहजै ९-२ ले हराए। मोहम्मदले एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए। आर्मीका सुरेश जप्रेल र बागमती प्रदेशका सलमान मोहम्मदले कास्य पदक प्राप्त गरे।

महिला ५५ केजीमा प्रहरीकी पुष्पका लामाले स्वर्ण जित्ने क्रममा कर्णाली प्रदेशकी प्रियंका शाहीलाई ५-० ले पराजित गरिन्। गण्डकीकी प्रभा राई र सुदुरपश्चिमकी गरीमा मल्ल तेस्रो भए। ४५ केजीमा पनि प्रहरीकी वर्षा बुढा मगर पहिलो भईन्। उनले लुम्बिनी प्रदेशकी पुजा राईलाई ११-३ ले हराइन्। गण्डकीकी सबुना राना मगर र आर्मीकी ममता महर्जन तेस्रो भए।

६१ केजीमा प्रहरीकी निरूपा दोङ्ग तामाङले सहजै स्वर्ण जितिन्। उनले फाइनलमा सुदुर पश्चिमकी सोनिया तिरूवा लाई ९-१ ले पराजित गरिन्। यो स्पर्धामा एपिएफकी रमिता माझी र कोशी प्रदेशकी धन कुमारी मगरले तेस्रो स्थान हात पारे।

प्रतियोगिताको अनमेतिम दिन भोलि ५ स्पर्धाम प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिताको स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउनेछन्।‌