२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

नोरदेनलाई सम्झदै र गीत सुनाउँदै चन्दन-डेजी-विमोचना

नोरदेनलाई सम्झदै र गीत सुनाउँदै चन्दन-डेजी-विमोचना
अ अ+ अ-

काठमाडौँ । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको आरसालामा सङ्गीतकार चन्दन लोमजेल स्वर-सिल्पी डेजी बराइली र विमोचना लोमजेलको सुमधुर स्वर गुञ्जिरहदा बाहिर सिमसिम पानी परिरहेको थियो । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङको सुविख्यात साङ्गीतिक परिवारले न्यानाे प्रस्तुत दिएको थियो ।

कार्यक्रमका निम्ति सङ्गीतकार लोमजेलले दार्जिलिङका सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका थिए ।तिनै गितलाई लोकप्रिय  डेजी बराइली र विमोचना लोमजेलले गाउनु भएको थियो । कार्यक्रम एउटै परिवारको पुरानो र नयाँ पुस्ताको साङ्गीतिक सङ्गम पनि रहेको थियो ।

कार्यक्रममा चन्दन डेजी र विमोचनाले प्रस्तुती दिए लगत्तै आज्ञाकारी बालक झै बसेका दर्शकले कर्तल ध्वनीका साथ तालिबजाउदै सम्मान व्यक्त गरे ।

कार्यक्रम संयोजन गरिरहनु भएका आभासले प्रस्तुती सकिएको जानकारी गराएलगत्तै दर्शकले उहि कालझै गिरी भैसी लड्यो है मायाको माग गरे । गितको मागसंगै हलमा हाँसो गुञ्जियो । अनि संयोजक आभासले भन्नुभयो ‘उहाँहरुको यो प्रस्तुतीमा यो गितको माग त आईहाल्थो , तर बिमोचनाले एउटै भैसी कतिबर्ष लडाउने भन्दै थिईन तर भैसी फेरी लडाउनु पर्ने भयो ।’

उहाँले भन्नुभयो ‘संगीतको शक्ति भनेको नै यो हो गित संगितले समाजलाई मात्र होईन समयलाई पनि जोडेको हुन्छ । यसको जिबन्त प्रमाण यहि गित हो । ९६० रुपियामा भैसी पाईने जमानाको गित आज ढेडलाख पुग्दा पनि उत्तिकै शसक्त छ ।’

आभासको यो सन्देश संगै डेजी र विमोचनाल भैसी लड्यो है माया गाएसंगै कार्यक्रमले सकियो । अन्य प्रस्तुती सुन त थिदै थियो अन्तिम प्रस्तुतीले सुगन्ध थपिएको थियो ।

नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगतमा स्थापित नाम हो । रुम्बाले दार्जिलिङ बसेर गरेका सृजनाले नेपाली साहित्यिक क्षेत्रको धुरी अग्लिएको छ । सन् १९४९ मा दार्जिलिङमै जन्मिएका गीतकार रुम्बा ४० वर्षको उमेरसम्म मात्र भौतिक रुपमा यस संसारमा रहे तर उनले छाडेर गएका साहित्यिक रचना र गीतहरूले अझै पनि नेपाली कला जगतलाई गुन लगाइरहेका छन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा मूर्धन्य नेपाली गायक नारायणगोपालले स्वर दिएको ‘मेरा सबै रात अब, मातहरू भए’ गीत नोर्देन रुम्बाकै सृजना हो । त्यस्तै सङ्गीतकार कर्म योञ्जनको धुनमा अरुणा लामाले गाएको ‘फूललाई सोधेँ, कहाँ गयौ कता गयौ भमरा’ सङ्गीतकार बद्री-दुर्गा खरेलको धुनमा रहेका ‘गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ’ र दावा ग्याल्मोले स्वर दिएको ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछुु नोर्देन रुम्बाकै शब्द हुन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा डेजी बराइलीले स्वर दिएका – ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेसम’ साथै नेपालको लोकरक व्याण्ड नेपथ्यले गाएको ‘कसैले सोधे कुन हो तिम्रो गाऊँ’ पनि नोरदेन रुम्बाकै सृजना हुन् ।पलेँटीमा नोरदेन रुम्बा लेखेका तर आजसम्म कतै रेकर्डमा नआएका गीतहरू प्रस्तुत भएका थिए ।

पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन् – ‘नोर्देनले आफ्नो जीवनको उत्तरकालमा रचेका रचनाहरू सङ्गीतकार चन्दन लोमजेलसँग थन्किएका छन् भन्ने जानकारी हामीलाई भयो । त्यसपछि हामीले चन्दनजीलाई अनुरोध गरेर ती रचनालाई नेपाली सङ्गीतप्रेमी माझ ल्याउने जमर्को गरेका हौं ।’

पहिलो पल्ट सन् २००६ मा पलेँटी कसेका चन्दन भन्छन् – ‘पलेँटीले पुराना सर्जकहरूका रचनालाई सरक्षण गर्ने जुन उद्देश्य राखेको छ त्यसबाट प्रभावित भएर नै यसपाली पनि पलेँटीमा आएका छौं । गीतकार दाजु नोरदेन रुम्बाका रचना पलेँटीमा सरक्षण गर्ने उदेश्य सुन्ने बित्तिकै हौसिएको म यहाँ आएर वाद्यवादकहरूसँग अभ्यास गरिरहँदा झन् हौसिएको छु ।’ आफ्नो खुसी व्यक्त गर्दा चन्दनको कालो टोपीमा उनिएको खुकुरीको निसान टलक्क टल्किरहेको देखिन्थ्यो ।

चन्दन झैँ सन् २००६ मै पहिलोखेप पलेँटीमा आएकी डेजी बराइली भन्छिन् – ‘पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थिएँ । त्यसपछि आइरहन मन लाग्थ्यो र बेलाबखत आइ पनि रह्यौ । कोविड महामरीपछि भने आउने चाहना र योजना हुँदा हुँदै पनि आउन पाइएन । अहिले यहाँ आइपुग्दा त सपनै जस्तो लागेको छ ।’ उनी थप्छिन् – ‘त्यतिबेला विमोचना सानै थिइन: अहिले हेर्नु त ! सँगसँगै गाउने गरी आएकी छिन् ।’

आफ्नो जिन्दगीको सबैभन्दा पहिलो स्टेजको सम्झना गर्दै विमोचना लोमजेल भन्छिन् – ‘त्यो बेला संजोगले मैले पलेँटीको स्टेजमा गाउने मौका पाएकी थिएँ । सायद त्यही दिनले गर्दा होला म पनि गायन क्षेत्रमै रमाइ रहेकी छु । आज आफ्नो उही पहिलो स्टेजमा आइपुग्दा साह्रै खुशी लागेको छ । हामी परिवार नै एकसाथ यति लामो कन्सर्टमा उत्रन लागेको यो नै पहिलो मौका हो ।’ उनी थप्छिन् – ‘बाबा आमासँग एउटै मञ्चमा उत्रन पाउनु एउटा खुशी, फेरि यस्ता गहकिला शब्द गाउन पाउनु अर्को खुशी ।’

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।