१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२५ सम्ममा छिमेकी देश भारतमा गाभिन्छ : भाजपा कार्यकर्ता



अ+ अ-

काठमाडौँ । सत्तारुढ भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयसेवक संघ (आरएसएस) का नेता इन्द्रेश कुमारले सन् २०२५ सम्ममा छिमेकी देश पाकिस्तान भारतमा गाभिने बताएका छन् ।


इन्डियन एक्सप्रेसमा आरएसएसका राष्ट्रिय कार्यकारी सदस्य इन्द्रेश कुमारले पाँच/सात वर्षभित्र भारतीयहरूले पाकिस्तानको कराँची, लाहोर, रावलपिन्डी, सैलकोटमा घर किन्ने र बिजनेस गर्न पाउने बताए ।

‘१९४७ भन्दा पहिला पाकिस्तान थिएन, तर हिन्दुस्तान भने १९४५ भन्दा पहिला नै थियो, २०२५ पछि फेरि पाकिस्तान हिन्दुस्तान हुनेवाला छ’, इन्डियन एक्सप्रेसमा इन्द्रेश कुमारले भनेका छन् । बंगलादेश सरकार पनि यही कुराको पक्षमा रहेको उनको दाबी छ ।