१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टसको अपराजित यात्रामा पूर्णविराम,डिबालाको गोल अफसाइड



अ+ अ-

काठमाडौँ । युभेन्टसको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार रातिको खेलमा जेनोआले जारी सिजनमा युभेन्ट्सको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको हो ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो नखेलेको यो खेलमा युभेन्ट्स २–० ले पराजित भयो । घरेलु टोली जेनोआको जितमा स्टेफानोले ७२ औं मिनेटमा र गोरानो ८१ औँ मिनेटमा गोल गरे । स्टेफानो युभेन्टसका पूर्वखेलाडी हुन् ।

युभेन्टसका लागि डिबालाले प्रहार गरेको बलले जाली चुमे पनि भिएआरमा अफसाइड देखिएपछि गोलको मान्यता पाएन ।

हारपछि पनि युभेन्ट्स शीर्ष स्थानमा कायमै छ । ऊ दोस्रो स्थानको नापोलीभन्दा १८ अंकले अगाडि छ ।