१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमालाई निःशुल्क सिमकार्ड



अ+ अ-

बेझाड । पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्र्तगत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो ।

स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । पछौटेपन उन्मूलन समाज (बेस) नेपालअन्र्तगत सञ्चालित सुआहाराको सहयोगमा सीम कार्ड वितरण गरिएको हो ।


बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्मका आमाहरुबीच निःशुल्क मोबाइलमा कुरा गरी स्वास्थ्य र पोषणसम्बन्धी सूचनामूलक सन्देश पनि पाउन सकिने सहजकर्ता भगीसरा सुनारीले बताउनुभयो । सीम कार्डमा रु २० को बोनस र एक सय मेगाबाइट डाटा रहेको छ ।

यसैगरी पूर्वखोला गाउँपालिका –२ जल्पामा पनि २४ जना सुनौलौ हजार दिनका आमाहरुलाई स्मार्ट सीमकार्ड वितरण गरिएको छ ।