१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता नाजिर हुसेनलाई गोली हान्ने धम्की ! (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । अभिनेता नाजिर हुसेनले आफुलाई धम्की आउने गरेको बताएका छन् । उनले सिनेमा उद्योग छोडेर नगएको खण्डमा गोली हान्ने धम्की आएको बताए ।


धम्कीको कारण आफुले आउने फिल्मको प्रचार प्रसारमा जान नसकेको उनले बताए । उक्त
धम्कीपछि उजुरी गरेपनि नेपालमा साइबर क्राइमका लागि त्यति बलियो कानुन नबनेका कारण त्यो व्यक्तिलाई कारबाही गर्न कठिन हुने उनको भनाई रहेको छ ।

धर्मका आधारमा मुल्याकंन गरेर यस्ता धम्की आउनु अर्थपूर्ण नभएको भन्दै नाजिरले चित्त दुखाए । यसका साथै उनले आफुले लामो संघंर्ष गरेर पाएको अहिलेको स्थान र दर्शकको माया छोडेर कतै जान नसक्ने पनि उल्लेख गरे ।

उनले आफुलाई कसले धम्की दियो भन्ने बारेमा खुलाएका छैनन् ।