१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माननिय रेशम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्छ’ : भट्टराई



अ+ अ-

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले रेशम चौधरीलाई अविलम्ब रिहा गर्न मागगरेका छन् । उनले टीकापुर घटना राजनीतिक विद्रोह भएको भन्दै रिहा गर्न माग गरेका हुन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले राजनीतिक विद्रोहमा भएका घटनालार्ई राजनीतिक रुपमै मिलाउनुपर्ने बताए ।


‘राजनीतिक विद्रोहलाई आपराधिक घटनाका रुपमा ब्यवहार गर्नु अन्यायपूर्ण छ । “भट्टराई”ले भने, टीकापुर विद्रोहलाई राजनीतिक रुपले नै संबोधन गरिनुपर्छ माननिय रेशम चौधरीलगायत सबै अविलम्ब रिहा हुनुपर्छ’ ।

थारु समुदायको राजनीतिक विद्रोहको सोही क्षेत्रबाट रेशम चौधरी निर्वाचित भएपछि जनअनुमोदन भएको पनि नयाँ शक्ति पार्टीले बताएको छ । विगतमा देशमा अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरुलाई राजनीतिक ब्यवहार गरे पनि टीकापुर घटनालाई मात्र आपराधिक रुपमा हेर्न नहुने नयाँ शक्तिले बताएको छ ।

भट्टराईले सरकारले सिके राउतलाई अनावश्यक महत्व दिएको पनि बताए । राउतलाई सरकारले गौतमवुद्ध र पुथवीनारायण शाह पछिको एकमात्र व्यक्तित्व भएको भन्र्दै खण्डन गरे ।