१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित, आयरल्यान्ड ७ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । टेस्ट क्रिकेटमा आयरल्यान्डविरुद्ध अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको छ । आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै अफगानिसतानले पहिलो टेस्ट खेल जितेको हो ।

पहिले ब्याटिङ गरेको आयरल्यान्डले पहिलो पारीमा मात्र १ सय ७२ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता बनाएको थियो । त्यसपछि दोस्रो इनिङमा आयरल्यान्ड मात्र २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले १ सय ४७ रनको लक्ष्य पाएको थियो ।

जुन लक्ष्य अफगानिस्तानले तीन विकेट गुमाउदै पूरा गर्‍यो ।अफगानिस्तानको जितमा दुवै इनिङमा राहमत शाहले उत्कृष्ट ब्याटिङ गरे । पहिलो पारीमा ९८ रन बनाएका उनले दोस्रो पारीमा ७६ रनको योगदान गरे । यस्तै इहसनुल्लाह जानत ६५ रनमा अविजित रहे ।