१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित, आयरल्यान्ड ७ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । टेस्ट क्रिकेटमा आयरल्यान्डविरुद्ध अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको छ । आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै अफगानिसतानले पहिलो टेस्ट खेल जितेको हो ।

पहिले ब्याटिङ गरेको आयरल्यान्डले पहिलो पारीमा मात्र १ सय ७२ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता बनाएको थियो । त्यसपछि दोस्रो इनिङमा आयरल्यान्ड मात्र २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले १ सय ४७ रनको लक्ष्य पाएको थियो ।

जुन लक्ष्य अफगानिस्तानले तीन विकेट गुमाउदै पूरा गर्‍यो ।अफगानिस्तानको जितमा दुवै इनिङमा राहमत शाहले उत्कृष्ट ब्याटिङ गरे । पहिलो पारीमा ९८ रन बनाएका उनले दोस्रो पारीमा ७६ रनको योगदान गरे । यस्तै इहसनुल्लाह जानत ६५ रनमा अविजित रहे ।