१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३१ जना घाइते



अ+ अ-


दाङः रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक रोल्पा रुन्टिगढी–७ का २३ वर्षीय हर्कबहादुर पुन छन् ।

घाइतेमध्ये रोल्पा माडी गाउँपालिका–३ बस्ने ६७ वर्षीय इन्द्रबहादुर घर्ती, रोल्पा जौलेपोखरी बस्ने ५५ वर्षीया सम्पुरा डाँगी र तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीया रथा घर्तीको अवस्था गम्भीर रहेकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोलहपुर पठाइएको छ भने अन्य घाइतेको घोराहीमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बसले जीपलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको यात्रु दीपक विकले बताउनुभयो ।