१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखा थापाले किनिन् महिला क्रिकेट टिम, नेरी थापा मार्की खेलाडी



अ+ अ-

काठमाडौँ । अभिनेत्री रेखा थापाले क्रिकेट टिम खरिद गरेकी छिन् । रेखा काठमाडौँ सुपर च्यापम्पियन्स महिला टिम खरिद गरेकी हुन् । उनको टिमले आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिता खेल्नेछ ।

सोमबार कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिमको घोषणा गरिएको छ । काठमाडौँ सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्। यता विराटनगर रोअरिङको स्वामित्व अनुप सक्सेराले लिएको छन्। विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी छिन्।

यता भैरहवा क्विन्सको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन्। भैरहवामा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलावसे मार्की खेलाडी बनेकी छिन्। अर्को टिम धनगढी वन्डरवुमेन हरि खनालले लिएका छन्। यो टिममा सीता रानामगर मर्की खेलाडी छिन्।