१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखा थापाले किनिन् महिला क्रिकेट टिम, नेरी थापा मार्की खेलाडी



अ+ अ-

काठमाडौँ । अभिनेत्री रेखा थापाले क्रिकेट टिम खरिद गरेकी छिन् । रेखा काठमाडौँ सुपर च्यापम्पियन्स महिला टिम खरिद गरेकी हुन् । उनको टिमले आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिता खेल्नेछ ।

सोमबार कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिमको घोषणा गरिएको छ । काठमाडौँ सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्। यता विराटनगर रोअरिङको स्वामित्व अनुप सक्सेराले लिएको छन्। विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी छिन्।

यता भैरहवा क्विन्सको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन्। भैरहवामा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलावसे मार्की खेलाडी बनेकी छिन्। अर्को टिम धनगढी वन्डरवुमेन हरि खनालले लिएका छन्। यो टिममा सीता रानामगर मर्की खेलाडी छिन्।