१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०३ केजी गाँजा सहित बोलेरो चालक पक्राउ



अ+ अ-

हेटौंडा । १०३ केजी गाँजा सहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला राक्सिराङ्ग गाउपालिका–९ बस्ने २४ बर्षको पूर्णबहादुर थिङ्ग रहेका छन् ।

३ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झा नेतृत्वमा खटिएको टोलीले मकवानपुर जिल्ला राक्सिराङ्ग गाउपालिका –५ बिर्खे खोलामा मनहरीतर्फ आउँदै गरेको ग१ज ७२१९ नम्बरको बोलेरो जिपमा उक्त गाँजा भेटिएको हो ।

बोलेरोमा ५ वटा बोराभित्र चारपाटे आकारमा १३ वटा पोका बनाइ ल्याइरहेको अवस्थामा उक्त १०३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा, मानिस र बोलेरो गाडी समेत पक्राउ गरि आवश्यक अनुसन्धान र कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहले बताए ।