१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ बुँदे सम्झौताले आफ्नो जित भएको भन्दै राउत नेतृत्वको कार्यकर्ताद्धारा प्रर्दशन !



अ+ अ-

लाहान । डाक्टर सिके राउत नेतृत्वको नव गठित जनमत पार्टीका कार्यकताहरुले आज लाहानमा प्रर्दशन गरेको छ । सरकारसँग गरेको ११ बुँदे सम्झौताले आफ्नो ऐतिहासिक जित भएको भन्दै आज प्रर्दशन गरेको हो ।

प्रदर्शनका क्रममा डा. राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् ।

सरकारले सिके राउतसँग फागुन २४ गते ११ बुँदे सम्झौता हस्ताक्षर गरेको थियो । उक्त सम्झौतमा गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतन्त्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । त्यस्तै प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।