१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने बुधबार दिल्ली जाँदै



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बुधबार दिल्ली जाँदैछन् । मार्च २३ देखि सुरु हुने लागेको १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सन्दीप जान लागेका हुन् ।

गतबर्ष दिल्ली डेयरडेभिल्स खेलका लामिछानेले ३ खेल खेल्दै ५ विकेट लिएका थिए । उनि यो बर्ष दिल्ली क्यापिटलबाट खेल्दै छन् । दिल्लीले पहिलो खेल मार्च २४ मा मुम्बई इन्डियन्सविरुद्ध मुम्बईमा खेल्दैछ ।

हाल अस्ट्रेलियाका पूर्वकप्तान रिक्की पोन्टिङ प्रशिक्षक रहेको दिल्लीमा भारतका पूर्व खेलाडी मोहमद कैफ सहायक प्रशिक्षक छन् । यसैगरी टोलीका खेलाडीहरुमा श्रेयस ऐर कप्तान, ऋषभ पन्त, शिखर धवन, पृथ्वी शा, सन्दीप लामिछाने, अमित मिश्रा, इशान्त शर्मा, हनुमा विहारी, कोलिन इन्ग्राम र आवेश खान छन् ।

टोलीका अन्य खेलाडीमा ट्रेन्ट बोल्ट, कागिसो रवाडा, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, अन्कुश वेन्स, नाथसिंह, शेरफेन रदरफोर्ड, किमो पल, जलज सक्सेना र अक्षर पटेल रहेका छन् ।

दिल्लीले आईपीएलको ११औं संस्करण सकिएपनि अहिलेसम्म उपाधि जितेको छैन ।