१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होली खेल्न पोखरा हिँडेका युवकको ट्रकले ज्यान लियो



अ+ अ-

धादिङ । धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । होली मनाउन पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगरको बुधबार मृत्यृ भएको हो ।

हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रकल मगरको े काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई बेनीघाट रोराङ गाउँपालिका वडा नं.५ बेनीघाट गोमती पुलमा ठक्कर दिएको थियो ।

मगर घाइते भएकोमा उपचारका लागि काठमाडौँ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा पोखराकौ मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।