१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक बिमस्टेक सुरक्षा प्रमुखहरूकाे बैठकमा भाग लिन थाइल्याण्ड प्रस्थान



अ+ अ-

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको बैंककमा सम्पन्न हुने बिमस्टेकका राष्ट्रिय प्रमुखहरूकाे तेस्राे बैठकमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालसँगै उक्त कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो ।

चैत ७ गते संचालन हुने उक्त कार्यक्रममा बिमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रम रहेको छ ।

कार्यक्रममा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखन लगायतका संगठित अपराध तथा विपद व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रहरुका वीच सहयोग आदान प्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव समेतको आदान प्रदान लगायतका विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।