१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले १० हजार रुपैयाँको सेयर किन्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ । यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा डिम्याट खातासमेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युतत् कार्यक्रम संयोजन समितिका सदस्य सचिव एचआइडिसिएल सिइओ छविराज पोखरेलले बताए । ऊर्जामन्त्रीले पनि ग्लोबलमै डिम्याट खाता खोलेको उनले जानकारी दिए ।

‘प्रधानमन्त्री र मन्त्री दुवैले बिहीबार बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । प्रधानमन्त्रीले १० हजार रुपैयाँ बराबरको एक सय कित्ता सेयरका लागि आवेदन गर्ने जानकारी पाएकोसमेत उनले बताए । ‘ऊर्जामन्त्रीज्यूले पनि न्यूनतम १० हजार रुपैयाँकै सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।