२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको नयाँ नेतृत्व चयन गर्न मतदान जारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।  छ । काठमाडौंमा भृकुटीमण्डपमा शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो । राप्रपाको आगामी नेतृत्वका लागि बर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन समूह सहित प्रतिस्प्रर्धामा हुनुहुन्छ । यसै गरी आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवार बीच प्रतिस्प्रर्धा हुदैछ  ।

पदाधिकारीमा एक महिला सहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।  यसैगरी समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।