१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायोपिक “प्रोपागान्डा” रहेको भन्दै ‘पीएम नरेन्द्र मोदी’को रिलिज रोक्न माग



अ+ अ-

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी कंग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’को रिलिज रोक्न माग गरेको छ । कंग्रेसले मोदीको बायोपिक प्रोपागान्डा रहेको उल्लेख गर्दै लोकसभा चुनावअघि रिलिज गर्न नदिन माग गरेको छ ।

कंग्रेसले बुधबार निर्वाचन आयोगसमक्ष फिल्म रिलिजको मिति पछाडि सार्न माग गरेको हो । यो फिल्म ५ अप्रिलमा रिलिज मिति तोकिएको छ । भारतमा आगामी अप्रिल ११ मा लोकसभा निर्वाचन सुरु भई ६ सातासम्म जारी रहनेछ । उक्त अवधिमा निर्वाचन आयोगको सहमति नलिई राजनीतिक विज्ञापनजन्य सामग्री प्रचारप्रसार गर्न प्रतिबन्ध छ ।

फिल्मको पोस्टरलाई २३ भाषमा तयार पारिसकिएको छ । उक्त बायोपिकमा मोदीको भूमिकामा बलिउडका अभिनेता विवेक ओबर रहेका छन् ।

यो फिल्ममा रेलमा चिया बेच्ने बालक, हिमालयमा बिताएका २ वर्षदेखि सन् २०१४ को लोकसभा निर्वाचनमा भारी मत पाएर केन्द्रीय सत्तामा पुग्दासम्मको मोदीको जीवनका कथा समेटिएका छन् ।

कंग्रेस वरिष्ठ नेता कपिल सिब्बलले फिल्ममा कुनै कलात्मकता नभएको उल्लेख गर्दै यो राजनीतिक विषयवस्तु मात्र भएको आरोप लगाए । ‘निर्वाचनमा थप माइलेज प्राप्त गर्नु यो फिल्मको एक मात्र राजनीतिक उद्देश्य हो,’ उनले भनेका छन् ।

अन्य पार्टीले पनि निर्वाचनअघि गरिने रिलिजप्रति आपत्ति जनाएका छन् । यसै साता ४७ पूर्व कर्मचारीले निर्वाचन आयोगलाई पत्र लेख्दै यसबारेमा अनुसन्धान गर्न माग गरेका थिए । दिल्ली निर्वाचन आयोगले भने यसबारे फिल्मका निर्माताको जवाफको प्रतीक्षामा रहेको जनाएको छ । फिल्मको ट्रेलर पनि हालै सार्वजनिक गरिएको छ ।

फिल्मलाई उमंग कुमारले निर्देशन गरेका हुन् । यसअघि कुमारले मोरी कोम र सर्वजित जस्ता बायोपिक बनाइसकेका छन् ।