१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परीक्षा रद्द



अ+ अ-

काठमाडौं । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार लिइन लागिएको विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए । बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो ।

बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ। प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए। सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि जिल्ला परीक्षा समन्वय समिति सप्तरीले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिश गरेको थियो। बोर्डले प्रदेश २ भित्रका सबै जिल्लाको परीक्षा रद्दको निर्णय गरेको हो। छानविन टोलीले विस्तृत अध्ययन गरेर प्रश्नपत्र बाहिरएको बारे प्रतिवेदन दिने बोर्डले जनाएको छ।