काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले कांग्रेसको आलोचना गरेका छन् । उनले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै आलोचनाको क्रम जारी राखेका हुन् ।
केहि समय अघि विप्लव समूहलाई प्रतिबन्ध लगाउदा प्रतिपक्षी दल रोइरहेको आरोप लगाएका उनले अहिलेसम्म पनि आलोचना गर्न छाडेका छैनन् ।
नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे ।
‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्यो’ उनले भने ।