काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । आइबतारबाट धावनमार्ग स्तरोन्नतिको काम सुरु भएपछि विमानस्थल बन्द गर्न लागिएको हो ।
नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकिने अनुमान छ ।
सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच हालसम्म पनि हुन सकेको थिएन् । यसअघि सामन्य मर्मत गररे काम चलाइने गरेको थियो ।
चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वेको स्तरोन्नति काम सुरु गर्दैछ ।